यि हुन् माडी न.पा. का ६ बुँदे प्राथमिकताका क्षेत्रहरू

340
SwadeshPost

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८का लागि ६ बुँदे प्राथमिकताका क्षेत्रहरू चयन गरेको छ ।

नगरपालिकाले चयन गरेको प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास; शिक्षा र स्वास्थ्य; वातावरण तथा सरसफाई र बिपद व्यवस्थापन; युवा तथा खेलकुद; संस्थागत विकास तथा शुसासन र उत्पादनशील क्षेत्रहरु अन्तरगत कृषि पशुसेवा, पर्यटन, उद्योग र सहकारी रहेका छन् ।

नगरपालिकाको पाँचौ नगरसभामा प्रस्तावित बजेट तथा कार्यक्रम पेश गर्दै माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतोले सो प्राथमिकताका क्षेत्रहरु प्रस्ताव गर्नुभएको हो । बजेटले राखेका उद्देश्य एवं प्राथमिकता कार्यान्वयनका लागि संघीय तथा प्रादेशिक सरकारसंग आवश्यक समन्वय र साझेदारी गर्ने नीति लिइएको जनाइएको छ ।

SwadeshPost