सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो : सुष्मा

845
SwadeshPost

चितवन । माडीमा पाँच बर्षअघि, २०७३ सालमा सञ्चालित मिस माडी-२०१६ को ताज पहिरिएपछि उदाएको नाम हो, सुष्मा गुरूङ ।

माडी नगरपालिका-३ की स्थायी बासिन्दा उनी हाल भरतपुरमा बस्दै आएकी छिन् । बि.सं. २०६८ सालमा एस.एल.सी. उत्तीर्ण भई भरतपुरबाट नर्सिङको अध्ययन पूरा गरेसंगै उनी माडीमा आयोजित मिस माडी २०१६ मा सहभागी भइन् । प्रतियोगिताका विभिन्न चरणहरू पार गरेर अन्तिम १० प्रतिस्पर्धीहरूमा छानिँदै गुरूङले मिस माडीको ताज पहिरिएकी थिइन् ।

२० वर्षको उमेरमा प्राप्त गरेको पहिलो सफलताले उनलाई जीवनमा अझ जोस, हौसला र प्रेरणा मिल्यो । त्यसपछि उनी माडीमा वातावरण संरक्षण र सरसफाईमा क्रियाशील सिप नेपाल नामक संस्थामा आवद्ध भई सामाजिक कार्यमा अग्रसर भईन् । नारायणगढको रोट-याक्ट क्लबको सभापति (२०२०-२१) मा चयन भएसंगै हाल उनी विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेकाहरूलाई खाद्यान्न लगायतमा समाग्रीहरू सहयोग जुटाउन व्यस्त छिन् । गैरनाफामुलक संघसंस्थाहरूमा आवद्ध रहि समाजिक क्षेत्रमा योगदान दिने उनको लक्ष्य छ ।

उनले बेलाबेलामा जिल्लामा सञ्चालन हुने विभिन्न प्रतिस्पर्धाहरू मिस अरोमा चितवन, मिस एस.इ.ई. चितवन लगायतमा अतिथी तथा निर्णायकको भुमिका समेत निर्वाह गरेकी छन् । हाल भरतपुरस्थित चितवन मेडिकल कलेजमा नर्श पेशामा संलग्न उनी विरामी, असहाय, बालबालिका र वृद्धवृद्धाहरूको सेवामा जीवन व्यतित गर्दै सक्रिय सामाजिक अभियन्ता बनेकी छिन् ।

सामाजिक क्षेत्रमा मात्रै नभएर गुरूङले म्युजिक भिडियोमा अभिनय र मोडलिङ क्षेत्रमा समेत पाइला चालेकी छिन् । एक वाक्यमा सुन्दरता के हो त भन्ने प्रश्नमा स्वदेश अनलाइनलाई जवाफ दिंदै उनले भनिन, सुन्दरता बाहिरी आवरण मात्रै नभएर एक अन्तरनिहीत शक्ति, क्षमता र प्रेरणा हो जसले जिवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्छ ।

#स्वदेश अनलाइन । प्रेम पाैडेल ‘उज्जवल’
२०७७ असार ११ गते बिहीबार, बिहान ०९:४७ मा प्रकाशित

SwadeshPost