माडीमा आगामी आर्थिक बर्ष २०७७/७८ सिंचाई बर्ष

444
SwadeshPost

चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ लाई सिंचाई बर्षका रुपमा मनाउने जनाएको छ ।

स्वदेश एफ.एम.संग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउँदो बर्ष सानाठूला गरी २०० भन्दा धेरै बोरिङ स्थापना गरिने जनाउनुभएको हो । २०० बढी भूमिगत सिंचाई बोरिङमार्फत माडीका कृषकहरुलाई सिंचाई सुबिधा पु¥याएर सिंचाई बर्ष मनाउने नगरपालिकाको योजना रहेको उहाँको भनाई थियो । यस परियोजनामा संघीय तथा प्रान्तीय सरकारको समेत सहयोग रहने उहाँले बताउनुभयो ।

त्यसैगरी नगरपालिकाले आउँदो बर्ष माडीको दक्षिणी भेगका सुख्खाग्रस्त जमीनहरुमा कागती खेती पकेट क्षेत्र बनाउने तथा फलफूल खेती प्रवद्र्धन गर्ने भएको छ । उत्तरी भेगमा बगहीँदेखि बनकट्टासम्म कम्तीमा १०० बिगाहा क्षेत्रफलमा नयाँ पोखरी खन्ने र माछापालनलाई प्रवद्र्धन गर्ने पनि योजना बनाइएको छ । अर्कोतर्फ पशुपालन गर्न चाहने कृषकहरुलाई खोर निर्माणमा अनुदान लगायतका कार्यक्रम रहेको नगरप्रमुख ढकालले जानकारी दिनुभयो ।

SwadeshPost