माडीमा बाढीग्रस्त रीउ खोलाले ट्रयाक्टर बगायाे

96
SwadeshPost

चितवन । लगातारको बर्षासंगै बाढीग्रस्त बनेको रीउ नदी तर्ने प्रयास गरेको एक ट्रयाक्टर पल्टिएर क्षतीग्रस्त भएको छ ।

खोलामा पानीको सतह बढेको अवस्थामा रतनी हुँदै सिमरा पुग्न ना.५त. ७५६० नम्बरको ट्रयाक्टर खोलामा हेलिएको थियो । तर दलदलयुक्त सो खोला तर्न नसकी स्टार्ट बन्द हुनपुगेको ट्रयाक्टरलाई खोलाले बगाई पटक पटक पल्टाएको थियो । ट्रयाक्टरको स्टार्ट बन्द भएपछि चालक लगायत ट्रयाक्टरमा सवार सबैजना पानीमा हाम फालेर खोला तरेका थिए ।

बाढीमा बगेका कारण ट्रयाक्टरको इञ्जिन र बडीमा गम्भीर क्षती पुगेको छ । बिहान ११ः३० मा बगेको सो ट्रयाक्टर खोलामा पानी घटेपश्चात दिउँसोपख जे.सि.बी.को सहयोगमा बाहिर निकालिएको छ ।

SwadeshPost