दिवाकर स्मृति वि. क्वारेन्टाइनका १८ जना भैरवपुरमा सारिए

122
SwadeshPost

चितवन । माडीको दिवाकर स्मृति विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये नेगेटिभ रिपोर्ट आएका १८ जनालाई भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबास स्थलमा सारिएको छ ।

दिवाकर स्मृति विद्यालय क्वारेन्टाइनबाट तीन चरणको परीक्षणबाट कूल २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । बिहीबार तेश्रो रिपोर्ट आउँदा ९ जनामा संक्रमण देखिएसंगै सो क्वारेन्टाइनको बाथरुम, कोठा, कपडा तथा अन्य सामग्रीहरुबाट अरुमा संक्रमण हुन नदिन नेगेटिभ रिपोर्ट आएकाहरुलाई भैरवपुर सारिएको हो । पोजेटिभ रिपोर्ट आएकाहरुलाई भने माडी क्याम्पस आइसोलेशनमा राखी उपचार गरिने माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

नेगेटिभ रिपोर्ट आएकाहरुलाई भैरवपुर आधारभूत विद्यालयमा सारिएसंगै वडा नं. २ कार्यालय र वडास्तरीय बिपद् व्यवस्थापन समितिले त्यसको व्यवस्थापन सुरु गरेको छ । कोरोना संक्रमित चढेको एम्बुलेन्स वा उनीहरु बसेको कोठा तथा प्रयोग गरेका सामानहरु ७२ घण्टाभित्र खतरामुक्त भइसक्ने विश्व स्वास्थ्य संगठनको भनाई छ ।

SwadeshPost