महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालित

387
SwadeshPost

माडी नगरपालिका वडा नं. ५ स्थित दीगोपन सामाजिक उद्यमी महिला सहकारीले महिलाहरुको जीविकोपार्जनका लागि सामुहिक खेती अभियान सञ्चालन गरेको छ ।

वडाका बहुसंख्यक महिलाहरु आबद्ध सो सहकारीले सामुहिक खेतीको मोडेलमा कोदो बालीको सामुहिक खेती सुरु गरेको हो । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै वडाध्यक्ष रामबन्धु पोखरेलले कोदो रोपेर सामुहिक कोदो खेतीको उद्घाटन गर्नुभयो ।

सामुहिक कोदो खेतीको उद्घाटन गर्दै नगरप्रमुख ढकालले सहकारीमार्फत फरक खालको खेतीको सुरुवात गरिएकोमा धन्यवाद व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विगत २०६९ सालमा स्थापित सो महिला सहकारीमा हाल करीब ३०० जना महिलाहरु सेयर सदस्य रहेका छन् । सहकारीले सामुहिक अर्थोपार्जनका लागि विभिन्न प्रकारका खेती गर्ने योजना अन्तरगत यसअघि बेसार, अदुवा आदिको खेती सुरु गरिसकेको छ ।

SwadeshPost