माडीमा उपचाररत एकजना संक्रमित, कोरोनामुक्त

290
SwadeshPost

माडी क्याम्पस आइसोलेशन सेन्टरमा उपचाररत माडीका एकजना संक्रमित, कोरोनामुक्त भएका छन् । बघौंडा अस्पतालद्वारा सञ्चालित सो आइसोलेशन सेन्टरमा उपचारका लागि राखिएकाहरुमध्ये एकजनाको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ।

गत जेष्ठ ३० गते कोरोना संक्रमण पुष्टी भई आइसोलेशनमा उपचार गराइरहेका ७ जना संक्रमितहरुको स्वाब संकलन गरिएकोमा एकजनाले कोरोना जितेको र बाँकी ६ जना अझै संक्रमित अवस्थामै रहेको रिपोर्ट जारी भएको हो । यसबाहेक असार ८ गते ४ जना र असार १२ गते ९ जनामा कोरोना पुष्टी भएकोमा उनीहरु समेत माडी क्याम्पस आइसोलेशनमै उपचाररत छन् । उनीहरुको पि.सि.आर. परीक्षण हुन भने बाँकी छ ।

यसैबिच, आइसोलेशनको सुरक्षा र व्यवस्थापनमा खटिएकासहित बघौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र ल्याब टेक्निशियन (प्रयोगशाला प्राविधिक)हरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । बघौंडा अस्पतालको स्वास्थ्यकर्मी टोली माडीका संक्रमितहरुको उपचार एवं कोरोना नियन्त्रणको अग्रमोर्चामा क्रियाशील छ ।

SwadeshPost