जनकल्याण मा.वि. क्वारेन्टाइनका ३४ जनाकै पि.सि.आर. रिपोर्ट नेगेटिभ

255
SwadeshPost

माडीको जनकल्याण मा.वि. क्वारेन्टाइनबाट स्वाब संकलन गरिएका सबै ३४ जनाकै पि.सि.आर. परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

सो क्वारेन्टाइनभित्र राखिएका ७ महिलासहित २८ जना र क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी ३४ जनाको स्वाब संकलन गरिएको थियो । माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा गत असार ११ गते स्वाब संकलन गरेकोमा आज सोमबार दिउँसोपख सबैको नेगेटिभ रिपोर्ट आएको माडीका जनस्वास्थ्य संयोजक शिव सुवेदीले जानकारी दिनुभयो ।

सो क्वारेन्टाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ आएसंगै त्यहाँ राखिएकाहरुलाई भोलि मंगलबार घर पठाइने जनस्वास्थ्य संयोजक सुवेदीले जनाउनुभयो ।

SwadeshPost