बजारमा युरिया मलकाे चरम अभाव÷कृषकहरू चिन्तित

83
SwadeshPost

कृषकहरुले धमाधम धान रोपाईं गरिरहेका छन् तर माडीको बजारहरुमा धानबालीमा छरिने युरिया मलको भने चर्को अभाव देखिएको छ ।

बजारमा डि.ए.पी. र पोटास मल सहज रुपमा उपलब्ध रहेपनि युरिया मलको भने चरम अभाव रहेको हो । केही दिनदेखि परेको पानी र ब्याडमा राखिएको बिउ तयार भएपछि कृषकहरु अहिले मल बिना नै धान रोपाइँ गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र भरतपुरले कृषि सामग्री केन्द्रसंग समन्वय गरी अनुदानको रासायनिक मल ल्याउने गर्दछ । लकडाउनका कारण समयमै मल आउन नसकेको सम्बन्धित अधिकारीहरुको भनाई छ । यसबर्ष आउँदो साउन ५ गतेपछि मात्रै मल भित्रिन सक्ने सम्भावना रहेको उनीहरु बताउँछन् ।

Mahindra