माडी भैरवपुरस्थित क्वारेन्टाइनका २ जनामा कोरोना संक्रमण पुष्टी

293
SwadeshPost

माडीको भैरवपुरस्थित क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये ज्वरो देखिएका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

क्वारेन्टाइनमा रहँदा ज्वरो देखिएपछि उपचारका लागि भरतपुर पठाइएका माडी ३ बसन्तपुरका ७३ बर्षीय बृद्ध र माडी ५ का २५ बर्षीय युवकमा कोरोना संक्रमण पुष्टी भएको हो । ज्वरोबाहेक मुटु र अन्य खालका स्वास्थ्य समस्या रहेका कारण उनीद्वयलाई उपचारका लागि भरतपुर पठाइएको थियो ।

सुरुमा माडीको रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय क्वारेन्टाइन सेन्टरमा राखिएकामध्ये नेगेटिभ रिपोर्ट आएका १८ जनालाई गत असार १२ गते भैरवपुरस्थित आधारभूत विद्यालय एकान्तबास स्थलमा सारिएको थियो । क्वारेन्टाइन सार्ने क्रममा नेगेटिभ रिपोर्ट आएपनि ज्वरो देखिएपछि दुईजनालाई भरतपुर पठाइएको थियो । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आषाढ १६ गते १०१ नमुना परीक्षण गरिएका मध्ये माडीका २ सहित २५ वटा नमुनाको कोभिड-१९ पुष्टी भएको हो ।

SwadeshPost