माडीको राधापुरमा देखापर्याे सलहजस्तै देखिने कालो किराको झुण्ड

533
SwadeshPost

माडीको राधापुर गाउँमा सलहजस्तै देखिने कालो रंगको फट्याङ्ग्रा जातको किराको झुण्ड देखापरेको छ ।

माडी-५ राधापुर क्षेत्रमा धानखेतसंगै रहेका बुट्यान र झाडीहरुमा सो किराको झुण्डहरु देखापरेको हो । सो किराले बिरुवाको पात खाइरहेको छ भने झुण्डमै उडेर एक बिरुवाबाट अर्कोमा पुगिरहेको छ । कहिल्यै नदेखिएको कालो रंगको सलहजस्तै किरा देखिएसंगै कृषकहरुले स्वदेश एफ.एम.लाई खबर गरेका थिए ।

यसअघि चितवनका विभिन्न स्थानसंगै माडी क्षेत्रमा समेत सलह किरा देखिएको थियो । तर सो किराहरुको रंग खैरो देखिएको थियो । माडीमा देखिएको कालो रंगको सलहजस्तै किराको विवरणसंगै तस्वीर र भिडियो स्वदेश एफ.एम.ले सम्बन्धित निकायहरुमा पठाएको छ । किराबारे जानकारी पाएसंगै अर्को पोष्टमा अपडेट गर्नेछौं ।

SwadeshPost