माडीमा चट्याङका कारण एक पाडी र विद्युतीय सामग्रीहरुमा क्षती

261
SwadeshPost

मध्यपूर्वी माडीको ईन्द्रबस्तीमा चट्याङका कारण एक पाडी मर्नुका साथै घरका विद्युतीय सामग्रीहरुमा क्षती पुगेको छ ।

माडी नगरपालिका – ८ ईन्द्रबस्तीमा बिहान करीब ६ बजे चट्याङ पर्दा स्थानीयबासी बाबुराम पुरीको गोठमा बाँधिएको पाडी मर्नुका साथै घरमा रहेका पंखा, बिजुलीको मिटर बक्स, पानी तान्ने मोटर आदि विद्युतीउ उपकरणहरुमा क्षती पुगेको हो । घर र गोठ नजिकै भएकाले दुबै स्थानमा चट्याङको असर परेपनि मानवीय क्षति भने भएको छैन ।

घटनास्थलमा ईलाका प्रशासन कार्यालय माडीसंगै प्रहरीको टोली पुगिसकेको र क्षतीको विवरण संकलन गरिरहेको जनाइएको छ ।

SwadeshPost