चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य सुरु

36
SwadeshPost

नारायणगढ-माडी-ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरा-बनकट्टा खण्डमा सडक मर्मत कार्य सुरु भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा सडक खण्डमा सडक स्तरोन्नतिका लागि ५०/५० लाख रुपैंया विनियोजन गरेकोमा कसरा-बनकट्टा खण्डमा सडक स्तरोन्नति कार्य सुरु भएको हो । सो खण्डमा ४.२ किलोमिटर बाटोमा ग्राभेल र रोलिङ गरी स्तरोन्नति हुनेद्ध भने १.१ किलोमिटर बाटो उच्चस्तरको ग्राभेल गरिने जनाइएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले गतबर्षपनि निकुञ्जभित्र ६० लाख रुपैंयाको लागतमा सडक स्तरोन्नति गरेको थियो । तर असारको मध्य र अन्तिम समयमा मात्रै काम सुरु हुँदा कामको समयसीमा कम रहनुका साथै विभिन्न खालका अवरोधहरु आइपर्ने गरेको छ । असारको अन्तिम समयमा बनकट्टा बगहीँ खण्डमा काम सुरु भएपनि बगहीँ अमुवा खण्डमा सडक स्तरोन्नति कहिले सुरु हुने, निश्चित भएको छैन ।

Mahindra