संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागतमा माडीको दुई खोलामा पुल निर्माण हुने

422
SwadeshPost

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागतमा माडीको मगोई र चितई खोलामा पुल निर्माण हुने निश्चित भएको छ ।

माडी नगरपालिका वडा नं. २ को भैरवपुर गाउँ र वडा नं. ३ को बैराठ गाउँ जोड्ने स्थानमा पुल निर्माण हुने भएको हो । त्यसैगरी माडी नगरपालिका २ र ४ जोड्नेगरी चितई खोलामा समेत पुल निर्माण परियोजना र माडी ३ को बैराठदेखि इनारबरुवा गाउँसम्म सडक कालोपत्रेको योजना स्वीकृत भएको माडी २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले जानकारी दिनुभयो ।

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीनवटै परियोजनाका लागि पाँच करोड रुपैंया बजेट विनियोजन गरेको जनाइएको छ । हाल माडी ठोरी हुलाकी बाटो अन्तरगत मगोई र चितई खोलामा पुल निर्माणाधीन अवस्थामा रहको छ । दुबै खोलाको माथिल्लो र तल्लो क्षेत्रमा समेत पुल निर्माण हुने भएसंगै बैकल्पिक बाटो तयार हुनेछ ।

SwadeshPost