गाैरव थापा मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको परिवारकाे आरोप

441
SwadeshPost

गत जेष्ठ मसान्तको साँझ माडीको गोपालनगरस्थित पोखरीमा भएको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको परिवारले आरोप लगाएको छ ।

माडी-७, गोपालनगर निवासी २२ बर्षीय युवक गौरव थापाको रहस्यम मृत्यु भएको सो घटनामा जिल्ला प्रहरी कार्यालय चितवनले किटानी जाहेरी लिन नमानेको, हालसम्म पोष्टमार्टम रिपोर्ट नदिएको र अनुसन्धानमा आलटाल गरिरहेको मृतकका बुबा दीलिप थापाको भनाई छ । घटना भएलगत्तै माडी प्रहरीले अनुसन्धानका लागि मृतक युवकसंगै माछा निकालेका तथा खाजा खाएका अन्य ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो । तर थप अनुसन्धानका लागि सो प्रकरण जिल्ला प्रहरी कार्यालय भरतपुर पठाए पश्चात प्रहरीको भूमिका चित्तबुझ्दो नदेखिएको परिवारको दुखेसो छ ।

उता, चितवनका प्रहरी प्रमुख एस.पी. नान्तीराज गुरुङले भने प्रहरीले अनुसन्धान जारी राखेको बताउनुहुन्छ । गत जेष्ठ ३२ गते पोखरीबाट माछा निकालेर युवाहरुको एक समूह खाजा खान बसेको र त्यस क्रममा केहि विवाद भएको र पछि करीब ७ बजे थापाको शव पोखरी छेउमा भेटिएको स्थानीयबासीहरुको भनाई थियो ।

SwadeshPost