टावर ढलेको दुई बर्ष बितिसक्दा पनि एन.सेल.ले सेवा सुचारु गरेन

283
SwadeshPost

मध्यपूर्वी माडीको खरकट्टामा टावर ढलेको दुई बर्ष बितिसक्दा पनि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एन.सेल.ले सेवा सुचारु गर्न सकेको छैन ।

करीब दुई बर्षअघि, २०७५ ज्येष्ठ ३१ गते साँझपख आएको हावाहुरीले एक स्थानीय घरको छानो उडाइ सो टावरमा ठोक्किँदा फाइबर निर्मित सो टावर ढलेको थियो भने त्यहाँ रहेका सोलार प्यानलहरुमा क्षती पुगेको थियो । तर टावर ढलेको दुई बर्षसम्म पनि एन.सेल.ले त्यसलाई उठाउन र सेवा सुचारु गर्न वास्ता नगरेको हो ।

टावर र सोलार प्रणाली क्षतीग्रस्त भएसंगै सो टावरमार्फत मोबाइल र इन्टरनेटको सेवा लिइरहेका मध्यपूर्वी माडीका उपभोक्ताहरु प्रभावित भइरहेका छन् । सेवा सुचारु नहुँदा मध्यपूर्वी माडीको दक्षिण अयोध्यापुरी, कान्तिपुर, इन्द्रबस्ती, बाह्रघरे, सागबारी, गणेशकुञ्ज र चौकीडाँडा लगायतका गाउँमा बसोबास गरिरहेका हजारौं उपभोक्ताहरुको मोबाइलमा सो कम्पनीको सिमकार्ड भएपनि राम्रो नेटवर्क भने छैन ।

SwadeshPost