आगामी आ.व. का लागि माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट स्वीकृत

85
SwadeshPost

माडी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट स्वीकृत गरेको छ ।

नगरपालिकाले नगर पूर्वाधार विकासका लागि २५ करोड २९ लाख ५ हजार रुपैंया विनियोजन गरेको हो । उत्पादनशील क्षेत्र अन्तरगत कृषि तथा पशु स्वास्थ्य क्षेत्रमा रु. ३ करोड, विदेशबाट नेपाल आएका युवाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगाउन युवा लक्षित स्वरोजगारका लागि २ करोड ८ लाख ६५ हजार, पर्यटन र उद्योग विकासमा ८५ लाख र समग्र आर्थिक विकासमा २ करोड ९३ लाख ६५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी शिक्षातर्फ २१ करोड ९३ लाख ९२ हजार, स्वास्थ्यतर्फ ५ करोड ११ लाख ८५ हजार, बिपन्न तथा लक्षित समुदाय अन्तरगत २ करोड ८ लाख ६५ हजार, वातावरण सरसफाई र विपद व्यवस्थापनमा १ करोड, शुसासन, सेवा प्रवाह, कार्यालय सञ्चालन र संस्थागत विकासका लागि १७ करोड ५३ लाख ५ हजार र वडास्तरीय कार्यक्रमहरुका लागि ५ करोड स्वीकृत गरिएको छ ।

कूल बजेटमध्ये अन्तरसरकारी वित्तिय हस्तान्तरण अर्थात संघीय र प्रादेशिक सरकार तथा जिल्ला समन्वय समिति लगायतका निकायहरुबाट ६३ करोड ५१ लाख ६८ हजार प्राप्त हुने आँकलन छ । त्यसैगरी यसमा घरजग्गा रजिस्ट्रेशन शुल्कसमेत गरी कुल आन्तरिक आय २५ करोड १८ लाख ७० हजार रहने अनुमान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर कुँवरले जानकारी दिनुभयो ।

SwadeshPost