आगामि आर्थिक बर्षमा कम्तीमा ३० कि.मि. सडक कालोपत्रे गर्ने माडी न.पा. काे याेजना

325
SwadeshPost

माडी नगरपालिकाले आउँदो आर्थिक बर्षमा कम्तीमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने महात्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

नगरपालिकाले सडक बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने नीति तथा कार्यक्रम पारित गरेको हो । यस क्रममा हुलाकी सडकको कालोपत्रे कार्य पुरा गराई कम्तीमा ३० किलोमिटर भित्री सडकहरुमा कालोपत्रे गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयो । त्यस्तै, आउँदो बर्ष नगरभित्रका बाटोघाटोहरुलाई नक्शाङ्कन गरी व्यवस्थित गर्ने र माडी नगरपालिका नगर यातायात गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ ।

हाल नगरपालिकाको ठूलो बजेट सडक ग्राभेल कार्यमा खर्च हुँदै आएको छ । यस्तोमा, नगरपालिकाले संघीय र प्रान्तिय सरकारसंग समन्वय गरी सडक कालोपत्रे कार्यलाई प्राथमिकतामा राखेको हो । जारी आर्थिक बर्षमा भने माडीकाे रमाइलोडाँडादेखि राधापुर तथा तमुचोकदेखि पुष्प मदन बाटिकासम्म मात्रै बाटो कालोपत्रे भइरहेको छ ।

SwadeshPost