माडीमा ग्रिन लायन्स क्लब गठित

219
SwadeshPost

माडीका युवा व्यवसायी, कर्मचारी तथा सामाजिक अगुवाहरुले माडीको दोश्रो लायन्स क्लब गठन गरेका छन् ।

लायन श्रीप्रसाद दवाडीको अध्यक्षतामा माडी ग्रिन लायन्स क्लब नामको नयाँ क्लब गठन भएको हो । लायन दवाडी यसअघि लायन्स क्लब अफ माडीको समेत अध्यक्ष रहनुभएको थियो, तर सो क्लब नविकरण नभई हाल निश्क्रिय भइसकेको छ । हाल गठित माडी ग्रीन लायन्सको प्रथम उपाध्यक्षमा हरि भुषाल, द्वितिय उपाध्यक्षमा रामेश्वर चौधरी, तृतीय उपाध्यक्षमा यमनाथ सुवेदी रामु र सेक्रेटरीमा प्रविण भण्डारी चयन हुनुभएको छ ।

क्लवको सचिवमा सुलभ बन्धु पोख्रेल, कोषाध्यक्षमा गोविन्द नेपाल, सह-कोषाध्यक्षमा मुन्ना मिया, टेल ट्वीस्टरमा देवी प्रसाद भुर्तेल, टेमरमा लोकबहादुर क्षेत्री, पब्लिक रिलेसन अफिसरमा सञ्जय चौधरी र मेम्बरसीप अफिसरमा अशोक रिमाल रहनुभएको छ । क्लबका सदस्यहरुमा क्षेत्रप्रसाद देवकोटा, शिव प्रसाद सुवेदी, रामनारायण चौधरी, नवराज अधिकारी, किरण श्रेष्ठ, सूर्यबहादुर भण्डारी, नवीन बस्याल, टुकनारायण विश्वकर्मा, राजु बिक, हरिभक्त वाग्ले, हरि अधिकारी र रेशमलाल आचार्य चयन हुनुभएको छ ।

SwadeshPost