माडी मा. वि. लाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरित

521

माडी नगरपालिकाले माडी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरण गरेको छ । नगरप्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेललाई स्कुलबसको चाबी हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सोमनाथ ओझाको अध्यक्षतामा विद्यालय प्राङ्गणमै सम्पन्न एक संक्षिप्त कार्यक्रमबिच नगरप्रमुख ढकालले विद्यालयलाई चाबी हस्तान्तरण गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको २६ लाख रुपैंया बजेटबाट विद्यालयले ३६ सिटे स्कुलबस खरिद गरेको हो । सो स्कुल बस विद्यालयभन्दा टाढा घर रहेका साना बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन र घर छोड्न प्रयोगमा आउने प्रधानाध्यापक पौडेलको भनाई छ ।

माडी नगरपालिकाले यसअघि दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई २ वटा तथा जनकल्याण माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालयलाई १र१ वटा स्कुलबस प्रदान गरिसकेको छ । अन्य विद्यालयहरुलाई समेत आवश्यकता अनुसार स्कुलबस उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जनाइएको छ ।

SwadeshPost