अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थामा एक जनाकाे शव फेला

147
SwadeshPost

माडी-३, पौहारी गाउँस्थित मगुई नदी किनारमा अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थाको शव भेटिएको छ ।

कुहिएर हाडखोर मात्रै बाँकी रहेको अवस्थामा शव भेटिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको हो । मगोई खोलाले बगाएर ल्याएको अवस्थामा बगरमा अँड्केको शव गोठालाहरुले देखेपछि जनप्रतिनिधीहरुलाई खबर गरेका थिए ।

टिसर्ट र ट्रयाक लगाएको अवस्थामा भेटिएको सो अस्थिपञ्जर (शव) लाई कपडामा पोको पारी भरतपुर पठाइएको माडी प्रहरी प्रमुख हर्क विश्वकर्माले जानकारी दिनुभयो । बाहिरी हेराइबाट शवको सनाखत वा पहिचान गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई छ ।

SwadeshPost