रीउ नदीमा हेलिएर बेपत्ता भएका मर्दनीयाको शव भेटियाे

486
SwadeshPost

बाढीग्रस्त रीउ नदीमा हेलिएर बेपत्ता भएका माडी धोबाहाका रामसिंह मर्दनीयाको शव भेटिएको छ । माडी न.पा.–१, रीउ नदीको पुलबाट करीब २०० मिटर पश्चिममा डाइभर्सनको छेउमा एक शव भेटिएकोमा सो शव मर्दनीयाकै रहेको उहाँको परिवारले सनाखत गरेको हो ।

माडी ३, धोबाहा गाउँ निवासी अन्दाजी बर्ष ४० का मर्दनीया गाउँछेउमै रहेको रीउ नदीमा फाल हाली बेपत्ता रहेका थिए । गत शुक्रबार दिउँसो करीब १२ः३० बजेको समयमा उनी पानीको बहाव उच्च रहेको रीउ नदीमा हेलिएका थिए । खोलामा बगेर आइरहेको दाउरा निकाल्न बाढीमा हेलिएका उनलाई रीउले बगाएको थियो । स्थानीयबासीहरुसंगै शसस्त्र प्रहरी बल छरछरे (बि.ओ.पी.) क्याम्पका सशस्त्र प्रहरीहरुको संयुक्त टोलीले उनको खोजी गरिरहेका थिए ।

SwadeshPost