दुधमा प्रतिलिटर ३ रूपैयाँ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित

751
SwadeshPost

माडी नगरपालिकाद्वारा दुधमा प्रतिलिटर रु ३ अनुदान दिने कार्यक्रमबाट माडीका १ हजार ४ सय २ जना कृषकहरु लाभान्वित भएका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारीहरुमार्फत नगरपालिकाले उपलब्ध गराएको ५ प्रतिशतको सहुलियत कृषि अनुदानबाट २४० जना पशुपालक कृषकहरु लाभान्वित भएको नगर पशुपंक्षी शाखाले जनाएको छ । तर दुबै शीर्षकमा ६०/६० लाख रुपैंया विनियोजित भएपनि कृषकहरुले आधा रकममात्रै अनुदान बुझेका छन् ।

यसबाहेक १,७५३ जना पशुपालक कृषकहरुले पशु वीमा अनुदान, १० जना मत्स्यपालक कृषकहरुले २ इञ्चको मोटर र १ मत्स्यपालक कृषकले पोखरीका लागि एरिएटर अनुदान पाएको शाखाले जनाएको हो । त्यस्तै १२४ कृषकहरुले घाँस खेती अनुदान, ५ हजार बाख्राहरुमा पि.पि.आर. भ्याक्सिन, ८२७ वटा पशु चौपायामा कृत्रिम गर्भाधान र १६० वटा पशु चौपायालाई सुत्केरी अनुदान दिइएको जनाइएको हो । त्यस्तै माडीको मत्स्य सहकारीलाई ५० प्रतिशत अनुदानमा माछा बोक्ने गाडी उपलब्ध गराइएको शाखा प्रमुख रबिन बस्ताकोटीले इमेलमार्फृत जानकारी दिनुभयो ।

SwadeshPost