सिप नेपालद्वारा देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरित

561
SwadeshPost

सिप नेपाल संस्थाले नगर शिक्षा कोषको सहयोगार्थ गतबर्ष सञ्चालन गरेको देउसी भैलोबाट संकलित रकम माडी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

संस्थाले देउसी भैलोबाट संकलित १ लाख ७१ हजार ९४२ रुपैंया नगर शिक्षा शाखाको खातामा जम्मा गरेको जनाएको हो । त्यसैगरी ३९ हजार ५६७ रुपैंया उठ्न बाँकी रहेको तथा देउसी भैलो कार्यक्रममा सिप नेपालको कोर फण्डबाट ५ हजार ५०६ रुपैंया खर्च भएको पनि जनाइएको छ ।

देउसी भैलो कार्यक्रमको सहयागार्थ कलाकारद्वय किरण के.सी. (राता मकै) र सुरेन्द्र के.सी. (मुला साग)बाट रु १ लाख प्रदान भएको थियो भने माडीका सामाजिक तथा व्यवसायिक अगुवाहरुले समेत आर्थिक सहयोग गरका थिए । अभिभावक विहीन र अति बिपन्न बालबालिकाहरुको शिक्षाका लागि स्थापित नगर शिक्षा कोषको सहयोगार्थ सिप नेपालले तिहारको समयमा दैसीभैलो कार्यक्रम गरेको थियो ।

SwadeshPost