महानगर प्रमुख रेनु दाहालद्वारा देवीथान पार्कमा वृक्षरोपणकाे उद्घाटन

301
SwadeshPost

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमी चितवनको देवीथान पार्कमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २५ को सिमानामा पर्ने देवीथान पार्कमा नगर प्रमुख दाहालले शुक्रबार हाडे बदामको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।

वृक्षरोपण गर्दै महानगर प्रमुख दाहालले महानगरपालिकालाई हरियाली बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । सो पार्कमा बदाम, लिची, आँपलगायतका करिब ६ सय फलफूलका बिरुवाहरु रोपिएको भरतपुर २४ का वडाअध्यक्ष कान्छा मल्लले जानकारी दिनुभयो । करिब सात बिघाहा क्षेत्रफलमा फैलिएको देवीथान पार्कलाई धार्मिक पर्यटकीय स्थल बनाउने गरी डी.पी.आर. निर्माण गरिएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । पाँच लाख रुपैयाँ खर्चेर निर्माण गरिएको डी.पी.आर. अनुसारको काम सम्पन्न गर्नका लागि ८८ करोड रुपैयाँ खर्च हुने मल्लको भनाइ छ ।

SwadeshPost