माडीमा राम सीताको प्रसङ्ग आएपछि खोज अनुसन्धान गर्नेहरुकाे चासाे

622
SwadeshPost

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालकै पर्सा जिल्लाको पश्चिम माडी क्षेत्रको आसपासमा भएको धारणा सार्वजनिक गर्नुभएपछि चितवनको माडीमा विभिन्न तथ्यहरु खोजी गर्ने कार्य अगाडि बढेको छ ।

माडी क्षेत्रमा भेटिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा माडी नगरपालिका वडा नं ८ मा आज शुक्रबार सञ्चारकर्मीसहित, जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी हरुसँग छलफल कार्यक्रम सम्पन्न भयो । छलफल कार्यक्रममा माडी नगरपालिका नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडी क्षेत्रमा विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयहरु रहेको हुनाले संरक्षण गर्ने जिम्मेवारी पनि माडीवासीकै रहेको जानकारी दिनुभयो ।

माडीमा भेटिएका ऐतिहासिक, धार्मिक पुरातात्विक विषयमा आएका सूचनालाई व्यवस्थापन गर्नको लागि अयोध्यापुरी गाविसका पर्व अध्यक्ष नारायणमणि पौडेलको संयोजकत्वमा समितिसमेत गठन भएको छ ।
माडीमा राम सीताको प्रसङ्ग आएपछि खोज अनुसन्धान गर्नेहरुको आवागमन बढेको छ ।

SwadeshPost