चि.रा.नि कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत जारी

32
SwadeshPost

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत कार्य जारी रहेको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरको ५०/५० लाख रुपैंया बजेटमा कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा सडक खण्डमा सडक स्तरोन्नति जारी रहेको हो । गत असार १८ गतेबाट निरन्तर सडक स्तरोन्नति कार्य भइरहेको सो परियोजनामा खटिनुभएका माडी नगरपालिकाका विपद् फोकल व्यक्ति गोबिन्द न्यौपानेले जनाउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले गतबर्षपनि निकुञ्जभित्र ६० लाख रुपैंयाको लागतमा सडक स्तरोन्नति गरेको थियो । तर आर्थिक बर्षको अन्तिम समयमा मात्रै काम गरिँदा समयमै काम सम्पन्न गर्न अप्ठ्यारो हुनुका साथै विभिन्न जटिलताहरु देखा पर्ने गरिरहेको छ ।

Mahindra