ठोरीको सीता गुफा छेउको सिमाना पिल्लर भारतीय पक्षले भत्कायाे

642
SwadeshPost

चितवन । नेपाल भारत सीमावर्ती ठोरीको सीता गुफा छेउको सिमानामा रहेको सिमाना पिल्लर भारतीय पक्षले भत्काएको छ । सीमा पिल्लर उखेलेर फ्याँकिएको अवस्थामा भेटिएको हो ।

सीताले तपस्या गरेको ऐतिहासिक भुमी ठोरी २ को सीता गुफा छेउमा रहेको सिमाना पिल्लर भारतीय पक्षबाट भत्काइएको खबर सार्वजनिक भएको हो । भगवान रामको जन्मभुमिका रुपमा नेपालका प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको क्षेत्रमै भारतीय हस्तक्षेप भएकोमा ठोरीबासीले निन्दा गरेका छन । उक्त क्षेत्रमा आजैमात्र विशेष पुजाआजा गरिएको थियो ।

SwadeshPost