सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिकाे भर्त्सना

97
SwadeshPost

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको हात्तीसहितको टोलीले माडी-९, कुसुमखोलामा सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिले भर्त्सना गरेको छ ।

काँग्रेस माडी नगर समिति अध्यक्ष कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेद्वारा हस्ताक्षरित वक्तव्यमा सुकुम्बासीहरुको घरमा आगो लगाउने र भत्काउने निर्देशन दिने निकाय वा तहबारे छानबिन गरी दोषीलाई कारवाहीको माग समेत गरिएको छ । वक्तव्यमा कुटनैतिक शव्दमा नेकपा अध्यक्ष प्रचण्डतर्फ इङ्गित गर्दै राजनीतिक दाउपेचका लागि भएको हतकण्डा नहोस् भन्ने चाहना गरिएको उल्लेख गरिएको छ ।

यसैबिच, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले समेत घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घरबार बिहीन हुन पुगेका परिवारहरुको तत्कालै पुनर्वासको व्यवस्था गर्न माग गरेको छ । घटनाको बिरोधमा श्रावण ६ गते भरतपुरमा बिरोध प्रदर्शन गरिन लागिएको पनि सो पार्टीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

SwadeshPost