बाढीका कारण सडक यातायात प्रभावित, खोलामा नहेलिन आग्रह

369
SwadeshPost

देशका अधिकांश क्षेत्रसंगै माडी उपत्यकामा पनि निरन्तर बर्षा भइरहेसंगै खोलाहरु बाढीग्रस्त भएका छन् भने सडक मार्ग अवरूद्ध भएको छ।

माडीको परुई खोलामा आएको बाढीका कारण सुकुम्बासी चेपाङहरुको बस्तीमा डुबान भएको छ । मगोई खोलामा हेलिएको एकवटा ट्रक खोलामा गडेर ढल्किएको छ । सो खोलामा हेलिएका अन्य साना गाडीहरु समेत बिचमै अँड्किँदा जे.सि.बी.को साहारामा बाहिर निकाल्नु परेको छ । बर्षाका कारण रीउ नदीसंगै माडीका खोला र खहरेहरुमा पानीको सतह बढेको छ भने सडक यातायात प्रभावित भएको छ ।

यसैबिच, माडीमा पुल नभएका खोलाहरूमा गाडी तर्न सक्ने अवस्था नरहेकाले अवस्था नबुझी खोलामा गाडी नतार्न नगरपालिकाले सबैमा अनुरोध गरेको छ । नगरपालिकाका बिपद् फोकल व्यक्ति गोबिन्द न्यौपानेले सामाजिक सञ्जालमार्फत सबैलाई सतर्क अनि पुर्व सुचनामा रहन पनि अनुरोध गर्नुभएको हो ।

SwadeshPost