लगातारको बर्षाका कारण माडीको केही स्थानमा बिध्युत सेवा अवरुद्ध

249
SwadeshPost

लगातारको बर्षाका कारण माडीको लक्ष्मीनिवास, घाँघरखोला र कृष्णनगर क्षेत्रमा बिजुलीका पोलहरु ढल्दा कतिपय गाउँहरुमा बिध्युत सेवा अवरुद्ध रहेको छ ।

माडी-६, को लक्ष्मीनिवास गाउँमा बिजुलीका ५ वटा पोलहरु ढलेका छन् । त्यसैगरी घाँघर खोलामा ३ वटा र माडी-९ का विभिन्न गाउँहरुमा थप ३ वटा पोलहरुमा क्षती पुगेको नेपाल बिध्युत प्राधिकरणको माडी सेवा केन्द्रले जनाएको हो । बस्ती क्षेत्रमा लगातारको बर्षाका कारण पोल गडेको स्थानको माटो गलेर तथा खोलामा बाढीका कारण पोल ढलेको हो ।

पोल ढलेसंगै अवरुद्ध रहेको बिध्युत सेवा सुचारु हुन केहि समय लाग्ने प्राधिकरणको माडी सेवा केन्द्रको भनाई छ । ढलेका पोलहरु उठाउन आवश्यक जनशक्ति र श्रोतसाधन चनौली वितरण केन्द्रबाट आएसंगै मर्मत कार्य सुरु गरिने जनाइएको हो । यसअघि घाँघर खोलामा पोल ढल्न लागेकाले तत्कालै ध्यान दिन स्थानीयबासीहरुले माग गरेपनि समयमै मर्मत हुन सकेको थिएन ।

SwadeshPost