नारायणगढ-माडी सार्वजनिक यातायात भाेलिदेखि सञ्चालन हुने

703
SwadeshPost

चितवन । नारायणगढदेखि माडीको बगहीँसम्म भोलि बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

नारायणगढ माडी ठोरी हुलाकी सडकमा गुड्ने परमिट पाएका सार्वजनिक बसहरु बिहीबारदेखि माडीको बगहीँबाट भरतपुर आउजाउ सुरु गर्ने माडीका यातायात व्यवसायी हितमान गुरुङले जानकारी दिनुभयो । कोभिड-१९ को संक्रमण फैलिन नदिने प्रयासस्वरुप ठोरीबाट माडी हुँदै काठमाडौं, पोखरा र वीरगंजसम्म चल्ने सार्वजनिक यातायात गतबर्ष चैत १० गतेबाट बन्द रहेका थिए ।

सरकारले १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य गरेसंगै माडीमा समेत यातायात सञ्चालन हुन लागेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । निजी सवारीको जोर विजोर मंगलबारबाटै हटिसकेको छ । जिल्ला बाहिरको यातायात सञ्चालन भने भदौ १ गतेपछि मात्रै खुला गर्ने सरकारको निर्णय छ ।

SwadeshPost