कुसुमखोलाका पीडित दानबहादुर प्रजालाई रमेश खरेलकाे नगद सहयाेग

538
SwadeshPost

चितवन । कुसुमखोला आगलागी प्रकरणमा १० हजार रुपैयाँ र नागरिकता जलेका दानबहादुर प्रजालाई नेपाल प्रहरीका पूर्व डि.आइ.जी. एवं हाम्रो नेपाल सुशासन अभियानका अभियन्ता रमेश खरेलले नगद सहयोग गर्नुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले गत श्रावण ३ गते कुसुमखोलास्थित सुकुम्बासीहरुको घरमा आगो लगाउँदा दानबहादुरको घरसँगै १० हजार रुपैयाँ र नागरिकताको प्रमाणपत्र समेत जलेको थियो । यस खबर थाहा पाएसंगै पूर्व डि.आइ.जी. खरेलले आगलागी पीडित प्रजालाई जलेबराबरको १० हजार रुपैंया नै सहयोग गर्ने सार्वजनिक गर्नुभएको थियो । खरेलले सहयोग गर्नुभएको रकम पत्रकार विवेक पोखरेलको समन्वयमा आज माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आगलागी पीडित प्रजालाई हस्तान्तरण गर्नुभएको हो ।

यसअघि, माडीका अर्का सामाजिक अभियन्ता अर्जुन भुसालले आगलागीबाट घर जलेका तथा हात्तीबाट घर भत्केका परिवारहरुलाई राहतस्वरुप खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । अभियन्ता भुसालले ईशा गुरुङ र मुना पान्डेको सहयोगमा पीडित परिवारहरुलाई चामल वितरण गर्नुभएको हो ।

SwadeshPost