सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया

475
SwadeshPost

निकुञ्ज रक्षक सेनाको कुटाईबाट मृत्यु भएका पूर्वी चितवनका चेपाङ युवकको परिवारलाई राहतस्वरुप एक लाख रुपैंया दिने सहमती भएको छ । सहमतिपछि राजकुमारको शव बुझ्न उनका आफन्तजन सहमत भएका छन् ।

गत साउन १ गते निकुञ्ज भित्रको ज्यूडी खोला घोंगी टिप्न र माछा मार्नका पुगेका ७ जनालाई सेनाले नियन्त्रणमा लिएर मरणासन्न हुनेगरी कुटपीट गरेकोमा कुटाई खाएका मध्येका एक, बर्ष २४ का राजकुमार चेपाङको मृत्यु भएको थियो । कुटपीट भएको घटनाको करीब एक सातापछि चेपाङलाई उपचार लैजाने क्रममा मृत्यु भएसंगै मृतकका परिवारले क्षतीपूर्तिको माग एवं दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी थिए ।

जिल्ला प्रशासन कार्यालय, चितवनमा भएको छलफलमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत दिन सहमति भएको थियो । त्यस्तै, मृतकमा आश्रित बालबालिकाको भरण पोषणका लागि निकुञ्जले सहयोग गर्ने र उनीहरूको घर पनि निकुञ्जले नै बनाइदिने सहमति भएको जनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जनाउनुभयो ।

SwadeshPost