मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित

795
SwadeshPost

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको हो । भरण्डारभार मध्यवर्ती उपभोक्ता समितिबाट प्रतिनिधित्व गर्नुभएका उहाँ नेकपा चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ । नवनिर्वाचित अध्यक्ष ढुङ्गानासामु निकुञ्ज र मध्यवर्ती क्षेत्रबासीहरुबिचको सम्बन्धमा सर्बाधिक चिसोपना आएको समयमा सम्बन्ध सुधारको महत्वपूर्ण जिम्मेवारी आएको छ।

काउन्सिल अन्तर्गत माडीका तीनवटा सहित चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । ती सबै समितिका अध्यक्षहरु काउन्सिलको पदेन सदस्य रहने व्यवस्था छ । माडीको बघौंडा मध्यवर्ती उपभोक्ता समिति भने निकुञ्जमा उपसमितिको दर्जामा रहेकाले काउन्सिलको मतदान प्रक्रियामा सहभागी हुन पाउँदैन ।

SwadeshPost