‘कुसुमखोलाका चेपाङ परिवार एक महिनाभित्र स्थानान्तरण गरिनेछ’ : नगरप्रमुख ढकाल (भिडियो सहित)

307
SwadeshPost

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कुसुमखोलाका चेपाङ घरपरिवारहरुलाई एक महिनाभित्र माडीको राइटोल या परुई खोला किनारमा स्थानान्तरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा नाराबाजी सहित नगरपालिका कार्यालय अगाडि धर्ना दिएपछि आन्दोलनकारीहरुलाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । माडीका चेपाङ, बाढीपिडीत तथा सुकुम्बासी समुदायको धर्नालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले एक महिनाभित्र घर बनाउन निकुञ्जबाट अवरोध आए नगरपालिकाबाटै आन्दोलनको सुरुवात गर्ने बताउनुभयो । यसअघि नेकपा अध्यक्ष प्रचण्डले समेत एक महिनाभित्रै चेपाङहरुको आवास निर्माण गर्न निर्देशन दिनुभएको थियो ।

आन्दोलनरत पक्षले कुसुमखोलामा बस्तीमा आगजनी गर्ने तथा हात्ती लगाई घर भत्काउने र राजकुमार चेपाङ्लाई कुटेर मार्नेलाई कारवाही तथा उचित क्षतीपूर्तिको माग गर्दै नाराबाजी सहित धर्ना दिएका थिए । उनीहरूले बाँदरझुलामा ट्रयाक्टर लगाएर जोत्न पाउनुपर्ने, नमुना चेपाङ बस्तीको निर्माण कार्य तत्काल सुचारु हुनुपर्ने, सुकुम्बासी बस्ती बिस्थापित गर्न नपाइने, निकुञ्जको ज्यादती अन्त्य हुनुपर्ने, मध्यवर्ती उपभोक्ता समिति खारेज हुनुपर्ने, बाढीपिडीतहरुको व्यवस्थापन गरिनुपर्नेु, २०२९ सालमा बनेको निकुञ्ज ऐन खारेज हुनुपर्ने लगायतका १५ बुँदे माग उठाएका हुन् ।

SwadeshPost