कुसुमखोला प्रकरणमा विवादित चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रूपाखेतीको सरुवा

72
SwadeshPost

कुसुमखोला प्रकरणमा विवादित भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ ।

वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको हो । त्यसैगरी सहायक संरक्षण अधिकृत भोजराज पन्तको समेत सरुवा भएको जनाइएको छ । अब चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रुपमा यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन रहनुभएकन अणनाथ बरालले कार्यभार सम्हाल्नुहुने निकुञ्ज विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले जनाउनुभयो ।

निकुञ्ज रक्षक सेनाले पूर्वी चितवनका एक चेपाङ युवालाई कुटपिट गर्दा उनको मृत्यु भएको घटना र माडीको कुसुमखोलामा निकुञ्जका कर्मचारीहरुले चेपाङका घरमा आगजनी गरेको घटनामा निकुञ्ज प्रशासन विवादित भएको थियो । यी घटनामा निकुञ्जको भूमिकामाथि प्रश्न उठेपछि मन्त्रालयले चिफ वार्डेन रूपाखेतीलाई विभाग बोलाएको हो ।

Mahindra