माडीको सर्बदलीय बैठकद्वारा कुसुमखोला प्रकरणको घोर निन्दा र भर्त्सना

67
SwadeshPost

माडीको सर्बदलीय बैठकले चितवन राष्ट्रिय निकुञ्जद्वारा कुसुमखोलामा भएको आगजनी, घर भत्काउने काम र बाली विनाशको घोर निन्दा र भर्त्सना गरेको छ ।

बैठकले पीडितहरुलाई उचित राहत सहित घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको पनि माग गरेको हो ।माडी नगरपालिकाले आयोजना गरेको सो बैठकले चेपाङ नमुना वस्तीका घर निर्माण कार्य तत्कालै अगाडी बढाउने समेत निर्णय गरेको छ । त्यस्तै, बाँदरझुलामा रोकिएका पूर्वाधार विकास, खानेपानी साथै जमिन जोत्नका लागि ट्रयाक्टर प्रयोग र बगही-प्याउली-कुसुमखोला हुँदै बाँदरझुला जाने वैकल्पिक गोरेटो बाटो संचालन गर्न विशेष अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

बैठकले निकुञ्जभित्र बनकट्टा देखि कसरासम्मको सुविधा प्राप्त बाटो २४सै घण्टा सञ्चालन गर्ने व्यवस्था गर्न माग गर्ने तथा राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधनलाई यथासिघ्र अगाडी बढाउन वन मन्त्रालयसँग अनुरोध गर्ने पनि निर्णय गरिएको छ । त्यसैगरी माडी नगर कार्यपालिका तथा सर्वदलिय छलफलबाट भएका निर्णय कार्यान्वयनका माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा सर्वदलिय समिति गठन गर्ने पनि निर्णय भएको छ । बैठकका निर्णयहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक माडीमा क्रियाशील अन्य सबै दलहरूले हस्ताक्षर गरेका छन् ।

Mahindra