भगवान रामको जन्मस्थान र अयोध्याको सन्दर्भमा माडीमा बृहत कार्यशाला आयोजना हुने

467
SwadeshPost

अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको आयोजनामा माडीमा भगवान रामको जन्मस्थानको सन्दर्भमा बृहत कार्यशाला आयोजना हुने भएको छ ।

समितिको पहिलो बैठकले सरोकारवाला तथा विज्ञहरुसँग समन्वय गरि यथाशीघ्र सो कार्यशाला आयोजना गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले माडी नगरपालिका कार्यपालिकामा समितिको कार्यालय तथा वडा नं ८ कार्यालयमा शाखा कार्यालय रहने पनि निर्णय गरेको छ । यसबाहेक माडी भित्र रहेका धार्मिक एवं पुरातात्वीक महत्वका सम्पदा तथा सामाग्रीको प्राकृतीक स्वरुप बिग्रने गरि कुनै पनि कार्य नगराउन र सबै सम्पदा तथा सामाग्रीहरुको तत्काल संरक्षण गर्न सम्बन्धित वडा कार्यालयलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी अयोध्या बिषयक सन्दर्भ सामाग्री र पुस्तकहरु संकलनका लागि यूवा पण्डित सुदर्शन सुवेदीलाई जिम्मेवारी दिने तथा लोकमणी पौडेलको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान उपसमिति, डिल्लिराम पोख्रेलको संयोजकत्वमा लेखन तथा प्रकाशन उपसमिति र साध्यबहादुर भण्डारीको संयोजकत्वमा गुरुयोजना निर्माण उपसमिति गठन गर्ने पनि निर्णय गरेको समितिका संयोजक नारदमणी पौडेलले जनाउनुभयो ।

SwadeshPost