माडी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन शुरु

232
SwadeshPost

माडी नगरपालिकामा सोमवारदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ । करीब एक महिनाभित्रै सबै माडीबासीहरुलाई वितरण गर्ने लक्ष्यसहित यसको सुरुवात भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभर परिचयपत्र वितरण गर्ने क्रममा यसबर्ष वागमती प्रदेशको ललितपुर, रसुवा र चितवनमा परिचयपत्र वितरण गर्दैछ । यसै क्रममा माडीको अधिकांश वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन सुरु भएको माडी ३ का वडाध्यक्ष पुरन महतोले जनाउनुभयो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण रहन्छ । बहुउपयोगी हुनाले राष्ट्रिय परिचयपत्र आफूसँग राखेपछि नागरिकता, मतदाता परिचयपत्र लगायतका कागजात बोकेर हिँड्नुपर्ने झन्झट नहुने विभागको भनाई छ । प्राविधिकहरुले व्यक्तिको जैविक परीक्षण गरी विवरण भरेपश्चात निःशुल्क रुपमा सो परिचयपत्र दिने व्यवस्था रहेको छ ।

SwadeshPost