भालुको आक्रमणबाट माडीको देबेन्द्रपुरमा एक किशोर घाइते

323
SwadeshPost

भालुको आक्रमणमा परी मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक किशोर घाइते भएका छन् । पिसाबका लागि घरबाहिर निक्लँदा आइतबार साँझ ८:३० बजेको समयमा माडी-७, देबेन्द्रपुर, हनुमानचोक निवासी बर्ष १६ का पुजन परियारलाई भालुले आक्रमण गरेको हो । उनी स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।

भालुले आक्रमण गरेलगत्तै घाइते किशोरलाई अटोमा चढाई बसन्तपुरस्थित बघौंडा अस्पताल ल्याइएको थियो । आक्रमणमा परी घाइते भएका उनको टाउकोमा ११ वटा टाँका लगाइएको छ । त्यसैगरी खुट्टा र पाखुरामा पनि घाउ लागेको किशोरकी आमा कल्पना परियारले स्वदेशलाई जानकारी दिनुभयो । यसबारे थप समाचार अर्को पोष्टमा सार्वजनिक गर्नेछौं ।

SwadeshPost