मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

नमुना चेपाङ आवास निर्माण सुचारु गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित

  • A
  • A+
  • A++

माडी नगरपालिकाले आज (मंगलबार)देखि चेपाङहरुको आवास निर्माण सुचारु गर्ने घोषणा गरेको भएपनि अन्तिम समयमा पछाडी हटेको छ ।

विज्ञापन १

गत आइतबार माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नगरप्रमुख ठाकुर प्रसाद ढकालले मंगलबारबाट आवास निर्माण थालिने बताउनुभएको थियो । आवास निर्माण सुचारु हुने समयमा पनि निकुञ्जबिरुद्ध प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गर्दै उहाँले काम रोक्न खोजिए नयाँ चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिनुभएको थियो । तर सर्बोच्च अदालतमा परेको रीट उजुरीको कारण देखाउँदै अन्तिम समयमा काम सुचारु गर्ने कार्यक्रम स्थगन गरिएको हो ।

विज्ञापन २

सर्बोच्चको स्टे अर्डरका कारण काम रोक्नु परेको नेकपा माडी नगर सचिव नारदमणी पौडेलले जनाउनुभयो । सर्बोच्च अदालतमा दायर भएको रिटमा भने भूमिहीन र सुकुम्बासीहरुको जबर्जस्ती विस्थापन रोक्न र पुनः नदोहोरिने प्रत्याभूति गराउन परमादेश माग गरिएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया