हिँडडुल गर्न नसक्नेगरी थलिएकी संगिताको उपचारमा आर्थिक अभाव

461
SwadeshPost

चिप्लिएर लड्दा हिँडडुल गर्न पनि नसक्नेगरी थलिएकी माडी रतनी गाउँकी एक महिलाको उपचारमा आर्थिक अभाव भएको छ ।

माडी नगरपालिका वडा नं. ३, रतनी निवासी २४ बर्षीया संगिता कुमारी महतो गतबर्ष चैत २० गते घरमै लड्न पुग्नुभएको थियो । त्यस क्रममा लागेको भित्री चोटका कारण उहाँ हिँडडुल गर्न समेत नसक्ने अवस्था भएसंगै परिवारले उपचारका लागि भरतपुर पु-याएको थियो । उपचारमै करीब ४ लाख रुपैंया सकिएपछि थप उपचार खर्चको अभावमा परिवार सदस्यहरुले उहाँलाई घरमै ल्याएर राख्नु परेको छ ।

संगिता उठ्न बस्न सक्नुहुन्न । दैनिक ज्यालादार उहाँको परिवारमा काठको काम गर्ने श्रीमान र ६ बर्षकी छोरीमात्र छन् । श्रीमान मजदुरीका लागि दिनभर बाहिर जाँदा ६ बर्षीया बालिकाले नै संगिताको ख्याल राख्नुपर्छ । बिपन्न वर्गको सो परिवारले कमजोर आर्थिक अवस्थाकै कारण उपचार अगाडि बढाउन सकेको छैन ।

SwadeshPost