प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा माडीका वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन

40
SwadeshPost

प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले वडाध्यक्ष सुवेदीलाई फोन गरी आफूले अयोध्याबारे थप अध्ययन गर्दा माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको स्पष्ट भएको बताउनुभएको हो । हाल माडीमा रहेका धार्मिक सम्पदा र पुरातात्वीक सामग्रीहरुको संरक्षण गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले आउँदो रामनवमी पर्वमा ठूलो पुजा गरी काम सुरु गर्ने बताउनुभयो । समय मिलाएर मेयर सहितको टोली राजधानी आउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको वडाध्यक्ष सुवेदीले स्वदेशलाई जानकारी दिनुभयो ।

यसअघि गत असार २९ गते भानु जयन्ती पर्वका दिन भगवान राम भारतमा नभई नेपालकै ठोरी क्षेत्रमा जन्मनुभएको अभिव्यक्ति दिनुभएको थियो । त्यसलगत्तै चर्चामा आएको माडीको अयोध्यापुरी, बाल्मीकि आश्रम, गोद्धक लगायतका क्षेत्रमा उत्खनन गर्दा पुरानो मुद्रा, ईंटा, पुराना भवनका अवशेष आदि भेटिने गरेका छन् ।

Mahindra