प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको अयोध्यापुरीलाई नै वास्तविक अयोध्या क्षेत्र बताउँदै माडीको प्रनिनिधीमण्डललाई विशेष भेटघाटका लागि राजधानी बोलाउनुभएसंगै नगरप्रमुखको नेतृत्वमा एक टोली काठमाडौं प्रस्थान गरेको छ ।
नगरप्रमुख ठाकुर प्रसाद ढकालसंगै उपप्रमुख ताराकुमारी काजी महतो, प्रवक्ता एवं माडी ९का वडाध्यक्ष शिवहरि सुवेदी, नेकपा माडी नगर अध्यक्ष प्रभुप्रसाद महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेल र सदस्य साध्यबहादुर भण्डारी सम्मिलित टोली राजधानी प्रस्थान गरेको हो । उहाँहरुलाई प्रधानमन्त्री ओलीले विशेष समय दिएर राजधानी बोलाउनुभएको हो ।
यसअघि, प्रधानमन्त्री ओलीले माडी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गरी माडीको अयोध्यापुरी नै वास्तविक अयोध्या क्षेत्र रहेको बताउनुभएको थियो । त्यस्तै, आउँदो रामनवमी पर्वमा ठूलो पुजा गरी राम मन्दिर निर्माणको काम सुरु गर्ने भन्दै उहाँले मेयर सहितको टोलीलाई राजधानी बोलाउनुभएको थियो ।
- A
- A+
- A++
विज्ञापन १
विज्ञापन 2