‘रामको जन्मस्थान माडीको अयोध्यापुरी नै’ : प्रधानमन्त्री ओली

495
SwadeshPost

माडीको प्रतिनिधीमण्डलसंग कुराकानी गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेकोमा कुनै शंका नरहेको बताउनुभएको छ ।

अयोध्याको बिषयमा छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाउनुहुँदा काठमाडौं पुगेको नगरप्रमुख ढकाल नेतृत्वको टोलीसंग लामो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले अयोध्या क्षेत्र माडीमै रहेको प्रशस्त्र प्रमाणहरु रहेको बताउनुभयो । आउँदो रामनवमीमा विशेष जात्राको आयोजना गर्न आग्रह गर्दै उहाँले राम मन्दिरको निर्माण अगाडि बढाइने समेत बताउनुभयो । हाल माडीमा भेटिएका पुरातात्वीक एवं प्राचीन सामग्रीहरु सुरक्षित गर्नुपर्ने भन्दै उहाँले पुरातत्व विभागले खोज, अनुसन्धान र उत्खनन गर्न लागेको पनि जानकारी दिनुभयो ।

त्यसैगरी प्रतिनिधीमण्डलसंग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले कुसुमखोला प्रकरण र निकुञ्ज ऐन शंसोधन लगायतका बिषयमा आफू जानकार रहेको बताउँदै बस्ती व्यवस्थापन र निकुञ्ज सिर्जित समस्या समाधानका लागि काम अगाडि बढेको सार्वजनिक गर्नुभयो । प्रधानमन्त्रीसंग भेटका लागि नगरप्रमुख ढकालसंगै नेकपा माडी नगर कमिटि र अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका पदाधिकारीहरु बालुवाटार पुग्नुभएको थियो ।

SwadeshPost