कोरोनाको संक्रमण रोक्ने प्रयासमा माडीमा बजार र यातायात सञ्चालनमा पुनः कडाई

288
SwadeshPost

देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गरेको सन्दर्भमा माडी नगरपालिकाले कोरोनाको संक्रमण रोक्ने प्रयासस्वरुप बजार र यातायात सञ्चालनमा पुनः कडाई गर्न लागेको छ ।

नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडीको बगहीँ र कसरामा रहका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने, बजार व्यवस्थापन मर्यादित र व्यवस्थित गर्ने तथा माडीमा सञ्चालित तीनपांग्रे अटो माडीबाहिर जान नपाउने निर्णय गरेको हो । त्यसैगरी माडीबाट भरतपुर पुग्ने सार्वजनिक सवारी साधनको संख्यामा कटौती गर्ने र यात्रु तथा चालक सहचालक सबैलाई मास्क लगाउन अनिवार्य गरिएको छ । बाहिर निक्लँदा मास्क नगलाउनेलाई पहिलोपटक रु १०० तथा दोहोरिएमा रू ५०० जरिवाना गर्ने पनि निर्णय गरिएको हो । हाल यसबारे माइकिङ गरी गाउँ गाउँमा जानकारी गराउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

सरकारले लकडाउन अन्त्य गरेको १५ दिनमै कोरोनाको सङ्क्रमण समुदायस्तरमा पुग्नेगरी बढेको छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । माडी नगर क्षेत्रमा कोरोनको नयाँ संक्रमित नदेखिएपनि भरतपुर र ठोरी हुँदै दैनिक सयौंको आवागमन भइरहेकोले संक्रमणको त्रास बढेको महसुस गरिएको हो ।

SwadeshPost