समुदायमा कोरोना संक्रमण पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’

291
SwadeshPost

समुदायमा कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’ गर्न लागिएको छ ।

नगर स्वास्थ्य शाखाले माडीको समुदायमा ज्यादा भीडभाड हुनेगरेका कम्तीमा १० स्थानहरुमा कम्युनिटी टेस्टिङ अर्थात समुदायस्तरमा कोरोना संक्रमण जाँच गर्न लागेको हो । यस अन्तरगत धेरैभन्दा धेरै मानिसहरुको आवतजावत र भीडभाड भइरहने पसल, व्यवसाय, संघसंस्था र ठाउँहरुमा पि.सि.आर. बिधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसअघि, कोरोना संक्रमणबिरुद्धको लडाईंमा माडी नगरपालिकाले गरेको कामको सर्बत्र चर्चा भएको थियो । नगरपालिकाले लकडाउन लागु भएसंगै तीन चरणसम्म राहत स्वरुप खाद्यान्न वितरण, प्रवासबाट स्वदेश फर्किनेहरुलाई सुरक्षित उद्धार, क्वारेन्टाइन सेन्टरहरु सञ्चालन र छुट्टै आइसोलेशन सेन्टर स्थापना गरी कोरोना संक्रमितहरुको माडीमै उपचार गरेको थियो ।

SwadeshPost