लकडाउनसंगै रोकिएको माडीको हुलाकी सडक कालोपत्रे पुनः सुचारु हुँदै

238
SwadeshPost

लकडाउन सुरु भएदेखि रोकिएको माडीको हुलाकी सडक कालोपत्रे परियोजना पुनः सुचारु हुन लागेको छ ।

कालोपत्रेका आवश्यक मालसामान बोक्ने ट्रिपरहरु आइपुगेको र प्राविधिकहरु भोलि बिहीबार साँझसम्म माडी आइपुग्ने आशिष निर्माण सेवाका इञ्जिनियर रोहित भट्टराईले जानकारी दिनुभयो । करीब ५ महिनासम्म काम रोकिँदा बाटोमा बिछ्याइएका बेस र सबबेसहरु बिग्रिएका र खोलाहरुले क्षती गरेकाले साउन अन्तिमसम्म त्यसको मर्मत गरी भदौ पहिलो हप्तादेखि कालोपत्रेको काम सुचारु गरिने ईञ्जिनियर भट्टराईको भनाई छ ।

बनकट्टादेखि देबेन्द्रपुरसम्मको १५.२ किलोमिटर बाटो कालोपत्रेका लागि सबबेस र बेस निर्माण कार्य जारी रहँदा लकडाउन लागु भएसंगै गत चैत दोश्रो साताबाट निर्माणकार्य बन्द रहेको हो । निर्माण मजदुर एवं प्राविधिकहरु घरभित्रै रहनुपर्ने अवस्थाका कारण सडकमा काम गर्न नसकिने भन्दै ठेकदार पक्ष आशिष निर्माण सेवाले निर्माण साधनहरु माडीमै थन्काएर काम रोकेको थियो ।

SwadeshPost