माडीमा अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो, व्युटीपार्लर र शैलुन चलाउन बन्द

310
SwadeshPost

माडी नगर क्षेत्रमा भीडभाड रोक्न अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो रिक्सा, व्युटीपार्लर र शैलुन व्यवसाय सञ्चालन बन्द गरिएको छ । त्यसैगरी घरपरिवारसंग बाहेक सामुहिक रुपमा तीज पर्व नमनाउन पनि आग्रह गरिएको छ ।

तीज पर्वको सन्दर्भमा हुने आवतजावत र भीडभाड रोक्ने प्रयासमा अर्को सुचना जारी नहुँदासम्म अटो रिक्सा, व्युटीपार्लर र शैलुन चलाउन रोक लगाइएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो । माडी नगरक्षेत्रमा आउँदो भदौ ५ गतेसम्म माडी बाहिर जान तथा माडी प्रवेश गर्न रोक लगाइएको छ ।

त्यसैगरी माडी नगर क्षेत्रमा जारी राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन कार्य समेत रोकिएको छ । परिचयपत्रको तथ्यांक संकलन गर्दा सबैले बायोमेट्रिक डिभाइसमा औंठाको छाप लगाउनुपर्ने हुन्छ । यसो हुँदा कोहि संक्रमितले छाप लगाएको भए अरुमा भाइरस सर्न सक्ने त्रास तथा भीडभाड समेत उच्च रहेका कारण अर्को सुचना नहुँदासम्म राष्ट्रिय परिचयपत्रको काम रोकिएको हो ।

SwadeshPost